कोरोना अपडेट : थप ५११ जनामा संक्रमण, संक्रमणमुक्त ६००

कोरोना अपडेट : थप ५११ जनामा संक्रमण, संक्रमणमुक्त ६००

२०७७, पौष १५ बुधवार

  • 2.2K
    SHARES

  • कोरोना अपडेट : थप ५११ जनामा संक्रमण, संक्रमणमुक्त ६००

    पौष १५, काठमाडौं । 

    पछिल्लो २४ घण्टामा थप ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५११० जनामा गरिएको परीक्षणमा ३०७ पुरुष र २०४ महिला गरी ५११ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६०० रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५१ हजार ९१२ रहेको छ ।

    संक्रमित मध्ये काठमाडौं जिल्लामा २२५, ललितपुरमा ४९ र भक्तपुरमा ३८ जनामा कोरोना भाइरस संक्रमण भएको छ । त्यस्तै कास्कीमा ५०, रुपन्देहीमा १९, चितवनमा १६ र पाल्पामा १० जनामा संक्रमण देखिएको छ ।

    कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १८४७ पुगेको छ ।

    २०७७, पौष १५ बुधवार०५:०७:००
    प्रतिक्रिया
    सम्बन्धित समाचार