सत्ता गठबन्धनमा चुनावी तालमेलको सम्भावना कति ?

सत्ता गठबन्धनमा चुनावी तालमेलको सम्भावना कति ?

२०७८, फाल्गुण २६ बिहिवार

  • 1.1K
    SHARES

  • सत्ता गठबन्धनमा चुनावी तालमेलको सम्भावना कति ?

    काठमाडौं । चुनावी तालमेललाई लिएर सत्ता गठबन्धनमा एकमत छैन। माओवादी केन्द्र र एकीकृत समाजवादी चुनावी गठबन्धन कायम गर्न चाहन्छन्। तर, काँग्रेसभित्रै चुनावी तालमेलका विषयमा मतभेद छ। 

    प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा चुनावी तालमेलको पक्षमा छन् भने संस्थापनइतर एक्लै चुनावमा जानुपर्ने अडानमा छ।

    बैशाख ३० को स्थानीय तहको निर्वाचन नजिँकिदै गर्दा गठबन्धनभित्र चुनावी तालमेलको विषय तीव्र बहसको विषय बनेको छ। शीर्ष नेताहरु चुनावी तालमेल गर्न एकमत देखिन्छन्। तर, अहिलेसम्म संस्थागत निर्णय हुन सकेको छैन। यो समाचार आजको अन्नपूर्ण पोष्टमा छापिएको छ ।

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सत्ता गठबन्धनमा सहमति भइसकेको दाबी गर्छन् । ‘आगामी निर्वाचनमा हामी मिलेरै जाने हो, सबै ठाउँमा मिल्न सकिँदैन भने पनि जति ठाउँमा सकिन्छ, त्यहाँ मिल्ने हो,’ बुधबारदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा चुनावी तालमेलबारे नेपालले बताए । 

    यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समितिको बैठकमा चुनावमा गठबन्धन हुने र प्रतिगमनलाई परास्त गर्ने बताएका थिए । चुनावी तालमेललाई लक्षित गरेर तयारी थाल्न केन्द्रीय सदस्यलाई निर्देशन दिएका थिए ।

    २०७८, फाल्गुण २६ बिहिवार०७:११:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार