रुसी हवाई आक्रमणको निशानामा प्रसुति तथा बाल अस्पताल

रुसी हवाई आक्रमणको निशानामा प्रसुति तथा बाल अस्पताल

२०७८, फाल्गुण २६ बिहिवार

  • 761
    SHARES

  • रुसी हवाई आक्रमणको निशानामा प्रसुति तथा बाल अस्पताल

    रुसले युक्रेनको एक प्रसुति तथा बालअस्पतालमा आक्रमण गरेको छ । मारिपोलमा रहेको अस्पताल रुसले गरेको हवाई आक्रमणको निशानामा आएको हो ।

    राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भत्किएको अस्पताल भवनको भग्नावशेषमा मानिसहरु फसेको बताएका छन् । उनले अस्पतालमा भएको आक्रमणलाई युद्ध अपराध भनेका छन् ।

    राष्ट्रपति जेलेन्स्कीले अस्पताल भित्रको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । भिडियोमा अस्पताल गम्भीर रुपमा क्षतिग्रस्त भएको देखिएको छ ।

    अस्पतालका कर्मचारी तथा बिरामीसहित कम्तीमा १७ जना घाइते भएको युक्रेनका क्षेत्रीय अधिकारीले बताएका छन् ।

    मारिपोल तटीय शहर रहेको डोनेट्स्कका प्रशासक पाभ्लो किरिलेन्कोले अहिलेसम्म आक्रमणमा कसैको मृत्युको खबर नरहेको बताएका छन् । अस्थायी युद्धविरामका बेला आक्रमण भएको हो । -एजेन्सी ।

    २०७८, फाल्गुण २६ बिहिवार०७:२८:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार