स्थानीय निर्वाचन विशेष

फर्केर हेर्दा स्थानीय निर्वाचन २०७४ः काठमाडौं महानगरपालिका वडा नं १० मा कुन दलको अवस्था कस्तो ?

फर्केर हेर्दा स्थानीय निर्वाचन २०७४ः काठमाडौं महानगरपालिका वडा नं १० मा कुन दलको अवस्था कस्तो ?

२०७८, फाल्गुण २६ बिहिवार

  • 825
    SHARES

  • फर्केर हेर्दा स्थानीय निर्वाचन २०७४ः काठमाडौं महानगरपालिका वडा नं १० मा कुन दलको अवस्था कस्तो ?

    काठमाडौं । २०७४ को स्थानीय निर्वाचनमा काठमाडौं महानगपालिकाको वडा नं १० मा अध्यक्ष सहित ५ वटै पदमा नेपाली काँग्रेसले जित हासिल गरेको थियो ।

    वडा अध्यक्षमा राम कुमार केसी र सदस्यहरुमा नरोज अर्याल, सतिस तण्डुकार, रोहिणी श्रेष्ठ र सुनिता भित्रीकोटी (परियार) विजयी भएका थिए ।  

    अध्यक्षमा नेपाली काँग्रेसका राम कुमार केसीले २७०१ मत ल्याएर विजयी हुँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का श्यामलाल तण्डुकारले २५०२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का राम प्रसाद अमगाईँले ५७० र राष्ट्रीय प्रजातन्त्र पार्टीका चिरन्जिवी खड्काले ३९६ मत प्राप्त गरेका थिए । वडा अध्यक्षका लागि स्वतन्त्र सहित ७ जना उमेद्वारले प्रतिस्पर्धा गरेका थिए ।  

    त्यसैगरी खुला सदस्यमा नेपाली काँग्रेसका नरोज अर्याल र सतिस तण्डुकारले क्रमशः २५३३ र २३०२ मत ल्याएर विजयी हुँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का बलिभद्र राजभण्डारी र लक्ष्मी नारायण महर्जनले क्रमशः २२५५ र २१७४ मत प्राप्त गरेका थिए । त्यसैगरि, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अरुण बस्नेत र भरत कुमार मालाकारले क्रमशः ३८२ र ३८० मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका पुरुषेत्तम थापा र किशोर थापाले क्रमशः ६१७ र ४८३ मत प्राप्त गरेका थिए । २ खुला सदस्यका लागि स्वतन्त्र सहित विभिन्न पार्टीबाट १२ जनाको उमेद्वारी रहेको थियो । 

    त्यसैगरि महिला सदस्यमा नेपाली काँग्रेसकी रोहिणी श्रेष्ठ २५८५ मत ल्याएर विजयी हुँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सावित्री चौलागाईले २३२९, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की गोमा बरालले ६८७ र राष्ट्रीय प्रजातन्त्र पार्टीकी हरि प्रधानले ४०० मत प्राप्त गरेकी थिइन् । खुला १ महिलाका लागि ४ जनाले प्रतिस्पर्धा गरेका थिए ।

    त्यस्तै, दलित महिला सदस्य पदमा नेपाली काँग्रेसकी सुनिता भित्रीकोटी(परियार) ले २७१० मत ल्याएर विजयी हुँदा उनकी प्रतिद्धन्दी नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सीता सुनारले २२८६, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की निरमला परियारले ५८१ र राष्ट्रीय प्रजातन्त्र पार्टीकी सजनी भुसालले ४०३ मत प्राप्त गरेकी थिइन् । १ दलित महिला सदस्यका लागि ४ जनाको उमेद्वारी रहेको थियो ।

    २०७८, फाल्गुण २६ बिहिवार०७:३७:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार