पिएसजीलाई स्तब्ध पार्दै रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा

पिएसजीलाई स्तब्ध पार्दै रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा

२०७८, फाल्गुण २६ बिहिवार

  • 837
    SHARES

  • पिएसजीलाई स्तब्ध पार्दै रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा

    लन्डन । च्याम्पियन्स लिग फुटबलमा अर्को चमत्कारिक प्रदर्शन भएको छ । 

    बुधबार राति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई स्तब्ध पार्दै रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

    मेड्रीडको घरेलु मैदानमा भएको अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब रियल मड्रिडले फ्रान्सेली क्लब पिएसजीलाई ३–१ ले पराजित गर्दै समग्रमा ३–२ को जितसहित अन्तिम ८ मा स्थान बनाएको हो । पहिलो लेगमा पिएसजी १–० ले विजयी भएको थियो ।

    रियल मड्रिडका लागि क्वाटर फाइनलको यात्रा तय गराउन करिम बेन्जिमा नायक बने । उनले दोस्रो लेगमा ह्याट्रिक गरेर टिमलाई अघि बढाएका हुन् । बेन्जिमाले ६१, ७६ र ७८ औँ मिनेटमा गोल गरेका हुन् । पिएसजीका लागि ३९ औँ मिनेटमा केलिएन एमबाप्पेले गोल गरेका थिए ।

    अर्को खेलमा म्यानचेस्टर सिटी स्पोर्टिङसँग गोलसहित बराबरीमा रोकियो । तर पहिलो लेगमा शानदार जित निकालेकाले समग्रमा ५–० को जितसहित म्यानचेस्टर सिटीले अन्तिम ८ मा स्थान बनाएको छ । -एजेन्सी । 

     

    २०७८, फाल्गुण २६ बिहिवार०८:२६:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार