बारा कांग्रेसको सभापतिका लागि पुनः मतदान हुने

बारा कांग्रेसको सभापतिका लागि पुनः मतदान हुने

२०७८, फाल्गुण २६ बिहिवार

  • 885
    SHARES

  • बारा कांग्रेसको सभापतिका लागि पुनः मतदान हुने

    काठमाण्डौ । नेपाली कांग्रेस बाराको बुधबार सम्पन्न निर्वाचनको सभापति पदको नतिजा सार्वजनिक भएको छ ।

    कूल दुई हजार ४९३ मतदाता रहेकामा जम्मा दुई हजार ४०० मत खसेको प्रमुख निर्वाचन अधिकृत राजकुमार उप्रेतीले जानकारी दिए ।

    सभापतिका उम्मेदवार राजेशराय यादवले ८३३ मत सहित पहिलो, शम्भुबहादुर बुढाथोकी ८०९ मतसहित दोस्रो र रमानन्द यादव ७०८ मतसहित तेस्रो स्थानमा आएका छन् । निर्वाचन अधिकृत उप्रेतीले २८ मत बदर भएको जानकारी दिए ।

    यस निर्वाचनमा ५१ प्रतिशत मत हासिल गर्न कुनै पनि उम्मेदबारले नसकेपछि दोस्रो चरणमा मतदान हुने भएको छ ।

    बिहीबार दुई उम्मेदवारबीच छलफल गरेपछि अर्को निर्वाचनको मिति तोक्ने निर्वाचन अधिकृत उप्रेतीले जानकारी दिए ।

    सम्भवत फागुन २७ गते नै निर्वाचन गर्ने गरी छलफल अगाडि बढाइएको निर्वाचन अधिकृत उप्रेतीको भनाइ छ ।

    २०७८, फाल्गुण २६ बिहिवार०३:२०:३५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार