आज १७ राजनीतिक दलसँग निर्वाचन आयोगको छलफल

आज १७ राजनीतिक दलसँग निर्वाचन आयोगको छलफल

२०७८, फाल्गुण २७ शुक्रवार

  • 945
    SHARES

  • आज १७ राजनीतिक दलसँग निर्वाचन आयोगको छलफल

    काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल थालेको छ ।

    ३० वैशाखमा तय भएको निर्वाचनका सन्दर्भमा आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई बोलाएको हो ।

    आज बिहान साढे ११ बजे छलफल हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार निर्वाचनका लागि आयोगले हालसम्म गरेको कार्यप्रगति जानकारी गराउने छ भने राय-सुझाव लिने छ ।

    आयोगले प्रत्येक राजनीतिक दललाई नेतासहित दुई जना प्रतिनिधि पठाउन आग्रह गरेको छ ।

    आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि ८० राजनीतिक दलले आयोगमा दर्ताका लागि निवेदन दिएका छन् ।

     

    २०७८, फाल्गुण २७ शुक्रवार१०:०५:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार