काठमाण्डौ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनको युद्धले प्रभावित सबैलाई सहयोग गर्न आह्वान गरेका छन् ।
अन्तरराष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घनलाई रोक्न अन्तरराष्ट्रिय सहयोग र ऐक्यबद्धताको निम्ति पनि उनले आह्वान गरेका हुन् ।
संयुक्त राष्ट्रसंघको महासभामा अन्तरराष्ट्रिय सहयोग अभिवृद्धि गर्ने बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
रुस-युक्रेन द्वन्द्वलाई उद्धृत गर्दै गुटेर्रेसले शान्ति सबैभन्दा महत्त्वपूर्ण विश्वव्यापी सार्वजनिक हित भएको र यसलाई सहयोग पुर्याउन संयुक्त राष्ट्र संघको स्थापना भएको पनि गुटेरेसले बताएका छन्।-एजेन्सी ।