‘मुलुकको आर्थिक समृद्धिका लागि कांग्रेस आवश्यक ’

‘मुलुकको आर्थिक समृद्धिका लागि कांग्रेस आवश्यक ’

२०७८, फाल्गुण २७ शुक्रवार

  • 677
    SHARES

  • ‘मुलुकको आर्थिक समृद्धिका लागि कांग्रेस आवश्यक ’

    काठमाण्डौ । नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री बद्री पाण्डेयले देशको आर्थिक समृद्धिका लागि कांग्रेसकै नेतृत्व आवश्यक पर्ने बताएका छन् । उनले भने“विगतका कांग्रेसको नेतृत्वका सरकारले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा आर्थिक समृद्धि क्षेत्रमा महत्वपूर्ण काम गरी जनताको जीवनस्तर माथि उकास्ने काम गरेको थियो । अगामी दिनमा पनि देश विकास लागि कांग्रेसको नेतृत्व आवश्यक छ । ”

    बैतडीको शिवनाथ गाउँपालिकाको सुल्लेखानमा बिहीबार आयोजित आमसभालाई सम्बोधन गर्दै उनले कांग्रेस जननायक बिपी कोइरालाको प्रजातान्त्रिक समाजवादमा अगाडि बढेको छ भने । उनले भने, “ प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला नेपालको प्रजातान्त्रिक समाजवादका व्याख्याता हुन्, सोही बाटोमा कांग्रेस हिँडिरहेको छ । हामी कसैको विरोध गर्दैनाँै ।”

    उनले नेपालका कम्युनिष्ट गलत बाटोमा बरालिएका आरोप समेत लगाए । सहमहामन्त्री पाण्डेयले भने, “राष्ट्रियता नारा लगाएर मात्रै हुँदैन । देशका लागि केही गर्नुपर्छ । नीति, विचार र सिद्धान्त नै नभएकाले राष्ट्रियताको कुनै अर्थ हुँदैन । कम्युनिष्टले जनताका पक्षमा कहिले पनि काम गर्न सक्दैनन् । देश विकासका लागि कांग्रेस नै चाहिन्छ ।”

    सहमहामन्त्री पाण्डेयले एमसिसीका विषयमा नेपाली कांग्रेस जहिले पनि प्रष्ट रहेको जनाउँदै एमसिसी अनुदान सहयोग भएकाले त्यसलाई संसद्बाट पारित गरेको स्पष्ट पारे । उनले भने, “एमसिसी धनी देशले गरिब देशलाई अनुदान दिने कार्यक्रम हो, यो अनुदानले राष्ट्रको हितमै काम गर्छ ।”

    एमसिसी कम्युनिष्ट पार्टीका नेता प्रधानमन्त्री भएकै बेलामा अगाडि बढेकाले अहिले उनीहरुले विरोध गरेको कुनै अर्थ नहुने उनले बताए ।

    नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दका अध्यक्षतामा सम्पन्न सो सभामा नेकपा (एमाले)बाट निर्वाचित शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्द, कार्यपालिका सदस्य राजेन्द्र दयाललगायत नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए।

    २०७८, फाल्गुण २७ शुक्रवार०२:०७:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार