मनाङमा काँग्रेसको चुनावी अभियान सुरु

मनाङमा काँग्रेसको चुनावी अभियान सुरु

२०७८, फाल्गुण २८ शनिवार

  • 713
    SHARES

  • मनाङमा काँग्रेसको चुनावी अभियान सुरु

    मनाङ। नेपाली काँग्रेसले हिमाली जिल्ला मनाङमा चुनाव केन्द्रित कार्यक्रम सुरु गरेको छ । पार्टीको जिल्ला कार्यसमितिद्वारा आयोजित घर–घर जाऔँ काँग्रेस जिताऔँ चुनाव केन्द्रित अभियान शुक्रबारदेखि सुरु भएको हो । 

    अभियानको केन्द्रीय सदस्य गणेश लामाले शुभारम्भ गर्दै पार्टीभित्रका सबै मतभेद बिर्सेर एकताबद्ध भई काँग्रेसलाई जिताउने गरी परिचालित हुनुपर्ने बताए । 

    केन्द्रीय सदस्य लामा भन्छन्, “पार्टीभित्र भएका मतभेद बिर्सौ, एकताबद्ध भएर हामी अगाडि बढ्नुपर्छ । हिमाली जिल्ला मनाङबाट काँग्रेसलाई जिताउने गरी परिचालित हुनुपर्छ ।” 

    पार्टीका जिल्ला सभापति शङ्कर गुरुङले चुनावी अभियानका लागि अब गाउँमै व्यस्त हुनुपर्नेमा जोड दिए । 

    गुरुङ भन्छन्, “स्थानीय चुनावको तयारीकै लागि गाउँ केन्द्रित भएका छौँ, गाउँमा उत्साह छ, सुशासन प्रवद्र्धन हुन्छ भन्ने आशा आम नागरिकमा बढेको छ ।” 

    कार्यक्रममा काँग्रेस नेता टेकबहादुर गुरुङ, पाल्टेन गुरुङ, कोमलबहादुर घले तथा कर्मा गुरुङले पार्टीको निर्णय स्वीकार गरेर कांग्रेसलाई जिताउनेतर्फ लाग्नुपर्नेमा जोड दिए । 

    २०७८, फाल्गुण २८ शनिवार१२:५१:४३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार