दिल्लीमा आगलागीबाट सातको मृत्यु

दिल्लीमा आगलागीबाट सातको मृत्यु

२०७८, फाल्गुण २८ शनिवार

  • 789
    SHARES

  • दिल्लीमा आगलागीबाट सातको मृत्यु

    नयाँ दिल्ली । शनिबार बिहान भएको आगलागीमा परेर कम्तीमा पनि सात जनाको ज्यान गएको बताइएको छ ।

    प्राप्त समाचारअनुसार शनिबार भारतीय राजधानी नयाँ दिल्ली सहरबाट उत्तरतर्फ रहेको गोकल्पुर भन्ने स्थानमा रहेका घर टहराहरुमा शनिबार बिहान अकस्मात आगो लागेको थियो । सो आगोले कम्तीमा पनि सात जनाको ज्यान लिएको र अरु केही घाइते भएका अधिकारीहरुले जनाएका छन् ।

    एकजना उद्धारकर्मीले दिएको जानकारीअनुसार सो क्षेत्रमा ६० वटा घर टहरा रहेका र ती सबैलाई आगोले छोएको थियो । आगो ती सबै घरमा पुगेको र पछि दमकलले नियन्त्रणमा लिएको ती अधिकारीले जानकारी दिए । के कति कारणले आगो लागेको हो भन्ने बारेमा प्रहरीले अुनसन्धान थालेको जनाएको छ ।

    त्यसैगरी यहाँ भएको क्षतिको विवरण पनि संकलन भइरहेको तथा आगोबाट बचेका केही सरसामानहरु हटाउने क्रम जारी रहेको ती अधिकारीले बताएका पनि समाचारमा जनाइएको छ ।-एजेन्सी ।

    २०७८, फाल्गुण २८ शनिवार०१:४८:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार