बोगटीको निधनपछि मैले धेरै दुःख पाएँ : प्रचण्ड

बोगटीको निधनपछि मैले धेरै दुःख पाएँ : प्रचण्ड

२०७८, फाल्गुण २८ शनिवार

  • 685
    SHARES

  • बोगटीको निधनपछि मैले धेरै दुःख पाएँ : प्रचण्ड

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता पोस्टबहादुर बोगटीको निधनपछि आफूले दुःख पाएको बताएका छन् ।

    शनिवार नुवाकोटको विदुरमा बोगटीको पूर्णकदको सालिक अनावरण गर्दै प्रचण्डले उनको निधनबाट सबभन्दा बढी क्षति पार्टी हेडक्वार्टरलाई भएको बताएका हुन् । ‘उहाँ नहुँदा अहिले पार्टीभित्र असाध्यै दुःख भोग्ने दुःखी पात्र म बन्न पुगेको छु,’ उनले भने ।

    पार्टीमा बेलाबेला देखा पर्ने अन्तरसंघर्षले सीमा नाघ्दा बोगटीले नै मिलाउने गरेको उनले बताए । बोगटी जहाँ समस्या आउँछ, त्यसको समाधान गर्ने व्यक्ति जस्तै बनेको भन्दै स्मरण गर्दै उनले भने, ‘डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण म लगायत हामीहरू सिनियर थियौँ । तर उहाँले टेबल ठटाएपछि हामी वरिष्ठ भन्ने नेताहरूको करिब करिब सातो जान्थ्यो ।’

    डाक्टर र वैद्यले आफूलाई सताएको बेला बोगटीले नै सङ्कट टार्ने गरेको उनले बताए । माओवादी केन्द्रका नेता बोगटीले २०७१ साल भदौ ३० गते निधन भएको थियो ।

    २०७८, फाल्गुण २८ शनिवार०४:४९:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार