कांग्रेस बोरामा पैसा बोकेर चुनावमा जाने झलनाथको दावी

कांग्रेस बोरामा पैसा बोकेर चुनावमा जाने झलनाथको दावी

२०७८, फाल्गुण २८ शनिवार

  • 869
    SHARES

  • कांग्रेस बोरामा पैसा बोकेर चुनावमा जाने झलनाथको दावी

    काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका महत्वपूर्ण नेता झलनाथ खनालले कांग्रेस बोरामा पैसा बोकेर चुनावमा जाने दावी गरेका छन् । 

    नेकपा एसको इलाम–काठमाडौं सम्पर्क मञ्चको भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै खनालले कांग्रेसका एकखाले नेताहरुको टार्गेटमा आफु १ नम्बरमा परेको बताएका छन् । त्यस्तै विपक्षी पार्टी एमालेको निसानमा पनि आफुनै परेको खनालको दाबी छ । 

    खनालले निर्वाचनमा कांग्रेसहरु बोरामा पैसा बोकेर आउने भन्दै अहिले कांग्रेस नेताहरुले सबै ठाउँमा जित्ने दावी गर्नुमा पनि पैसाको धाकमात्र रहेको बताए । उनले एमालेले पनि पैसाको बोरा लिएर जाने बताए ।

    खनालले भने- कांग्रेस बोरामा पैसा बोकेर जान्छ । केही कांग्रेसको धाक त्यहि हो । तर प्रधानमन्त्री एकताबद्ध भएरै जानुपर्छ भन्दै हुनुहुन्छ । कांग्रेसभित्र दुईटा धार छन्, नेतृत्वले जे निर्णय गर्छ त्यही हुन्छ । जहाँ सम्भव हुन्छ त्यहाँ मिल्ने,सम्भव नभए एक्लै जाने हाम्रो नीति हुन्छ । हारिन्छ भनेर डराउने कुरा छैन । अर्को चुनावमा पक्का जित्छौं,अहिले तयारी गरौं । कांग्रेसका केही नेता बसेर एक नम्बर एकमा झलनाथ खनाल हराउने भने । एमालेको अर्को बैठक गरेर कहाँबाट क्याम्पेन गर्ने भन्दा इलाम १ बाट । केपी ओली ६ गते जाँदैछन् ।

    खनालले पैसा लिएर जानेहरुलाई ठाउँका ठाउँ लखेट्नुपर्ने बताए । खनालले सिट जित्ने कुरालाई दोस्रो प्राथमिकता दिएर पहिलो प्राथमिकता बिचारमा दिनुपर्ने बताए ।

    २०७८, फाल्गुण २८ शनिवार०५:०४:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार