काठमाडौंमा मेयर शाक्यको गर्जन: देश बनाउन ओलीनै जनताको रोजाइमा 

काठमाडौंमा मेयर शाक्यको गर्जन: देश बनाउन ओलीनै जनताको रोजाइमा 

२०७८, फाल्गुण २८ शनिवार

  • 1.3K
    SHARES

  • काठमाडौंमा मेयर शाक्यको गर्जन: देश बनाउन ओलीनै जनताको रोजाइमा 

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले जनताको रोजाइमा केपी ओली रहेको बताएका छन् ।

    शनिवार काठमाडौं महानगरपालिका नेकपा एमाले वडा नं ३१ कमिटीद्धारा आयोजित कोरोना महामारीमा राहत संकलन र वितरण गर्न सहयोग गर्ने स्वयंसेवीलाई सम्मान कार्यक्रममा आगामी चुनावमा ओली भर्सेज अन्य दल हुने शाक्यले बताएका छन् ।

    विकासको भोकले पिल्सिएका जनताले ओली बाहेकका पार्टीलाई धुलो चटाउने गर्जन शाक्यको थियो । 

    अघिल्लो चुनावमा बाचा गरिएका अधिकांश विषयहरु पुरा गरिए पनि सबै जनताका माग पुरा गर्न भने समय अपुग भएको शाक्यको गुनासो छ । 

    31-ward.jpg

    आगामी चुनावमा पार्टीले टिकट दिए जितेर देखाउने बाचा गरेका शाक्यलाई मन पराउने मतदाताको संख्या उल्लेख्य रहेको वडा पार्टी कमिटी अध्यक्ष यामलाल गौतमको भनाई थियो । पार्टीले शाक्यलाई टिकट दिए, 'वडाको ८० प्रतिशत मत शाक्यलाई जाने गौतमको दाबी छ।' 

    कार्यक्रममा २९० जना स्वयंसेवीलाई मेयर शाक्य, वडा अध्यक्ष नारायण भण्डारी र प्रदेश सभा सांसद गणेश प्रसाद दुलालले प्रशंसा पत्रले सम्मान गरेका थिए ।   

    २०७८, फाल्गुण २८ शनिवार०६:०९:३५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार