जनताको पार्टी चिनेरै सरावगी एमालेमा - अध्यक्ष ओली

जनताको पार्टी चिनेरै सरावगी एमालेमा - अध्यक्ष ओली

२०७८, फाल्गुण २९ आइतवार

  • 817
    SHARES

  • जनताको पार्टी चिनेरै सरावगी एमालेमा - अध्यक्ष ओली

    वीरगंज । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व–प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका वास्तविक समस्या समाधान गर्ने पार्टी एमाले भएको दाबी गरेका छन् ।

    पर्साको वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीलाई एमाले प्रवेश गराउने कार्यक्रममा उनले देश बनाउने जिम्मेवार पार्टी एमाले भएको दाबी गरे ।

    जनताका दुःख कष्ट सम्बोधन गर्ने र उनीहरूका समस्या समाधान गर्ने पार्टी एमाले भएको बताउँदै अध्यक्ष ओलीले भने, “जनताका समस्या दीर्घकालीन रूपमा समाधान गर्ने पार्टी एमाले हो ।” वर्तमान अवस्थामा एमाले प्रतिपक्षमा भए पनि एमालेमाथि सबैको विश्वास रहेको बताउँदै उनले आगामी निर्वाचनबाट एमाले पहिलो पार्टी बनेर अगाडि आउने ओलीले दाबी समेत गरे ।

    नगर प्रमुख सरावगी जनता समाजवादी पार्टी (तत्कालीन सङ्घीय समाजवादी फोरम नेपाल) बाट निर्वाचित थिए । व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा आएका सरावगीले यस अगावै जसपाभित्रका केही नेता र कार्यकर्ताले आफूलाई अप्ठ्यारोमा पारेको भन्दै पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको जानकारी दिए ।

    २०७८, फाल्गुण २९ आइतवार०६:५९:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार