बारामा काँग्रेस सभापतिका लागि आज निर्वाचन 

बारामा काँग्रेस सभापतिका लागि आज निर्वाचन 

२०७८, फाल्गुण २९ आइतवार

  • 885
    SHARES

  • बारामा काँग्रेस सभापतिका लागि आज निर्वाचन 

    काठमाडौं । नेपाली काँग्रेसको बारा जिल्ला सभापति चयनका लागि आज (आइतबार) दोस्रो चरणको मतदान हुँदैछ । शनिबार तय भएको मतदान एक दिन पछि सारिएको निर्वाचन समितिले जनाएको छ ।

    शुक्रबार भएको मतदानमा तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत ल्याउन नसकेपछि धेरै मत ल्याउने दुई जनाबिच दोस्रो चरणको निर्वाचन हुन लागेको हो । आइतबार बिहान ८ बजेदेखि मतदान गर्ने तयारी छ ।

    पहिलो चरणको मतदानमा राजेश रायले ८३३, शम्भुबहादुर बुढाथोकीले ८०९ र रामानन्द यादवले ७०९ मत ल्याएका थिए । राय र बुढाथोकी संस्थापन पक्षका हुन् भने यादव संस्थापन इतरका हुन् ।

    २०७८, फाल्गुण २९ आइतवार०७:२०:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार