प्रेस चौतारी नेपालको अध्यक्षमा बस्नेत र महासचिवमा लामा

प्रेस चौतारी नेपालको अध्यक्षमा बस्नेत र महासचिवमा लामा

२०७८, फाल्गुण २९ आइतवार

  • 1.1K
    SHARES

  • प्रेस चौतारी नेपालको अध्यक्षमा बस्नेत र महासचिवमा लामा

    पोखरा । प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत र महासचिवमा हिरामान लामा सर्वसम्मत निर्वाचित भएका छन् ।

    शनिवार पोखरामा मध्यरातमा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनबाट बस्नेतको अध्यक्षमा १५१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएको हो ।

    बस्नेत सात वर्षअघि भएको महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका थिए।

    १७ सदस्यीय पदाधिकारीमा उपाध्यक्षमा राजेश राई, गणेश पाण्डे, सविन प्रियासन र देविका घर्तीमगर निर्वाचित भएका छन् । 

    त्यस्तै, महासचिवमा हिरामान लामा, उपमहासचिवमा सुरोजंग पाण्डे र राजु सुवेदी, कोषाध्यक्षमा ईन्द्र आचार्य तथा सचिवमा विक्रम लुइँटेल, कमल उपाध्याय, विष्णु तारुके, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, लोक्सरी कुँवर र हरिबल्लभ नेपाल निर्वाचित भएका छन् । 

    यस अघि उपमहासचिवको जिम्मेवारीमा रहेका लामा पुनर्गठित कमिटीको कार्यवाहक महासचिवको भूमिकामा थिए । 

    २०७८, फाल्गुण २९ आइतवार०७:५३:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार