कांग्रेसको १ महिने चुनावी अभियान आजबाट, देशैभर एकैसाथ उद्घाटन

कांग्रेसको १ महिने चुनावी अभियान आजबाट, देशैभर एकैसाथ उद्घाटन

२०७८, फाल्गुण २९ आइतवार

  • 1.1K
    SHARES

  • कांग्रेसको १ महिने चुनावी अभियान आजबाट, देशैभर एकैसाथ उद्घाटन

    काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आजदेखि १ महिने चुनावी अभियान सुरु गर्दैछ । ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ नाम दिइएको १ महिने अभियानको आज १ बजे ७७ वटै जिल्लामा एकैसाथ उद्घाटन हुनेछ ।

    जिल्लामा जिल्लास्तरीय उद्घाटनसभामार्फत उद्घाटन हुने १ महिने अभियानलाई केन्द्रमा सभापति शेरबहादुर देउवाले शुभारम्भ गर्नेछन् ।

    कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरु पुगिसकेका छन् ।

    आज अभियानको उद्घाटन भएलगत्तै पालिका र वडाकेन्द्रीत कार्यक्रमरुले तीव्रता पाउनेछन् । ‘यो मुख्यतः जनताको घरघरमा पुग्ने अभियान हो । त्यसैले बढीभन्दा बढी कार्यक्रम वडा र टोलमा केन्द्रीत गरेका छौं । जनताका कुरा सुन्छौं, हाम्रा कुरा भन्छौं । कांग्रेसको अपरिहार्यताबारे जनतालाई बुझाउँछौं’, प्रवक्ता महतको भनाई छ ।

    २०७८, फाल्गुण २९ आइतवार०८:०९:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार