पार्टीमा सबैलाई उचित भूमिका दिइन्छ :अध्यक्ष दाहाल

पार्टीमा सबैलाई उचित भूमिका दिइन्छ :अध्यक्ष दाहाल

२०७८, फाल्गुण २९ आइतवार

  • 781
    SHARES

  • पार्टीमा सबैलाई उचित भूमिका दिइन्छ :अध्यक्ष दाहाल

    काठमाण्डौ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा सहभागी हुने सबै नेता तथा कार्यकर्तालाई उचित जिम्मेवारी दिइने बताएका छन् ।

    पार्टीका तर्फबाट अगाडि सारिएको जनपक्षीय एजेण्डलाई कार्यान्वयन गराउनका लागि जनताको घर दैलोमा लैजान र देशका लागि आफूहरुका तर्फबाट गरिएको पहलबारे जानकारी गराउनसमेत उनले आग्रह गरे ।

    आज आफ्नै निवास खुमलटारमा विभिन्न पार्टी छोडेर आएका नेता तथा कार्यकर्तालाई स्वागतका क्रममा अध्यक्ष दाहालले सो आग्रह गरेका हुन् ।

    सो अवसरमा नेकपा(एमाले) सिन्धुपाल्चोकका जिल्ला कमिटी सदस्य पूर्णबहादुर तामाङ, नेका र राप्रपा परित्याग गरी आएका १२ नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश गरेका थिए ।

    कार्यक्रममा माओवादीका नेता युवराज दुलाललगायत नेता तथा कार्यकर्ताको समेत उपस्थिति थियो ।

    २०७८, फाल्गुण २९ आइतवार१२:०६:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार