प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसदको नाराबाजी

प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसदको नाराबाजी

२०७८, फाल्गुण २९ आइतवार

  • 1.1K
    SHARES

  • प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसदको नाराबाजी

    काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसदहरूले नाराबाजी थालेका छन् ।

    सभामुख अग्निप्रसाद सापकोटाले आइतबार दिउँसो बैठक प्रारम्भ भएको घोषणा गरेलगत्तै रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले नाराबाजी गरिरहेका हुन् ।

    एमालेले गत २३ भदौदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

    एमाले विभाजनमा सभामुख सापकोटामको भूमिका रहेको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।

    आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग प्रस्तावमा छलफल हुने कार्यसूची छ ।

    २०७८, फाल्गुण २९ आइतवार०२:०३:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार