इराकको कुर्दिश क्षेत्रमा १२ क्षेप्यास्त्र प्रहार

इराकको कुर्दिश क्षेत्रमा १२ क्षेप्यास्त्र प्रहार

२०७८, फाल्गुण २९ आइतवार

  • 685
    SHARES

  • इराकको कुर्दिश क्षेत्रमा १२ क्षेप्यास्त्र प्रहार

    काठमाण्डौ । इराकको कुर्दिश क्षेत्रमा १२ ओटा क्षेप्यास्त्र प्रहार गरिएको छ ।

    क्षेत्रीय राजधानी इब्रीलमा स्थानीय समयानुसार आइतबार विहान ११ बजे घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् । इराकको सिमा क्षेत्रबाट क्षेप्यास्त्र प्रहार गरिएको क्षेत्रीय गृह मन्त्रालयले जनाएको छ ।

    क्षेप्यास्त्रका कारण एक जना घाइते पनि भएका छन भने कतिपय भवनहरुमा समेत क्षति पुगेको अधिकारीहरुले जनाएका छन् ।

    मन्त्रालयद्धारा जारी वक्तव्यका अनुसार कुर्दिश सुरक्षा फौजले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकेको छ । घटनाका बारेमा थप जानकारी अनुसन्धान पछि मात्रै दिने पनि मन्त्रालयका अधिकारीहरुको भनाई छ ।

    घटनाका सम्वन्धमा अहिलेसम्म कसैले पनि जिम्मेबारी दिएको छैन । तुलनात्मक रुपमा अन्य क्षेत्रभन्दा शान्त मानिएको कुर्दिशमा भएको घटनाले थप चिन्ता थपेको अधिकारीहरुले बताएका छन् ।-एजेन्सी ।

    २०७८, फाल्गुण २९ आइतवार०३:०३:२२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार