फ्रान्समा सोमबारदेखि कोरोना विरुद्धको चौथो खोप लगाइने

फ्रान्समा सोमबारदेखि कोरोना विरुद्धको चौथो खोप लगाइने

२०७८, फाल्गुण २९ आइतवार

  • 997
    SHARES

  • फ्रान्समा सोमबारदेखि कोरोना विरुद्धको चौथो खोप लगाइने

    पेरिस । फ्रान्समा कोरोनाभाइरस विरुद्धको चौथो खोप लगाइने भएको छ । सरकारी अधिकारीहरुले सोमबारदेखि जेष्ठ नागरिकलाई खोप लगाउने तालिका बनाइएको जानकारी दिएका छन् ।

    पहिलो चरणमा ८० बर्षभन्दा बढी उमेरका नागरिकलाई खोप लगाउने व्यवस्था गरिएको सरकारी अधिकारीहरुको भनाई छ ।

    खोपको चौथो मात्रा लगाउनका लागि तेस्रो खोप अर्थात बुस्टर डोज खोप भने लगाइसकेको हुनु पर्ने सर्त राखिएको छ । शनिबार प्रकाशित एउटा अन्तर्वार्तामा प्रधानमन्त्री जेन कास्टेक्सले बृद्धबृद्धाहरुबाट चौथो खोप लगाउने अभियान सुरु हुने जानकारी दिनु भएको हो ।

    प्राथमिकता र आवश्यकताका आधारमा खोप लगाउने बर्ग तथा क्षेत्र विस्तार गरिदै लगिने उहाँको भनाई थियो । फ्रान्समा ८० वर्षभन्दा बढी उमेरका व्यक्तिहरुको सङ्ख्या ४१ लाख रहेको अधिकारीहरुले जानकारी दिएका छन् । ती मध्ये ४१ लाखले मात्रै बुस्टर डोज खोप लगाएको देखिएको छ ।

    फ्रान्समा अहिले पनि दैनिक ७० हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार थप ७२ हजार ४४३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।-एजेन्सी ।

    २०७८, फाल्गुण २९ आइतवार०३:५५:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार