पहुँचका आधारमा टिकट नदिन नेतृत्वलाई सुझाव

पहुँचका आधारमा टिकट नदिन नेतृत्वलाई सुझाव

२०७८, फाल्गुण ३० सोमवार

  • 649
    SHARES

  • पहुँचका आधारमा टिकट नदिन नेतृत्वलाई सुझाव

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आइतवारदेखि सुरु भएको छ । जसपाको जारी बैठकमा स्थानीय तह निर्वाचन निर्देशिका २०७८ माथि नेताहरूले आ–आफ्नो धारणा राखेका जसपाले जनाएको छ ।

    सो क्रममा जसपाका केन्द्रीय सदस्यहरूले पार्टीका कार्यकर्तालाई मात्र चुनावको टिकट दिन नेतृत्वलाई सुझाव दिएका छन् ।  

    निर्वाचनमा टिकटका लागि दौडधुप चलेको र पैसाको बलमा टिकट हत्याउने प्रवृत्ति देखिएको भन्दै केही सदस्यहरूले नेतृत्वलाई सजक गराएका एक केन्द्रीय सदस्यले जानकारी दिए ।  

    आजको बैठकमा बोल्ने अधिकांश नेताहरूले पार्टीमा योगदान गरेकालाई मात्र टिकट दिन, पैसा र पहुँचका आधारमा टिकटको दुरुपयोग गर्न नहुने धारणा राखेका छन् । 

    बैठकमा केन्द्रीय सदस्य र प्रदेशका प्रतिनिधिहरूले रिपोर्टिङ गरिरहनुभएको जसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जानकारी दिए । उनका अनुसार बैठकमा जसपाको सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदन, स्थानीय तहको निर्वाचन निर्देशिका २०७८, पार्टीको विधान सम्मेलन र समसामयिक राजनीतिक विषयमाथिको प्रतिवेदन उपर धारणा राख्ने क्रम जारी छ । जसपाको केन्द्रीय समिति बैठक भोलि सोमबार सकिनेछ ।

    २०७८, फाल्गुण ३० सोमवार०६:५८:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार