फ्रान्स र अमेरिकामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’

फ्रान्स र अमेरिकामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’

२०७८, फाल्गुण ३० सोमवार

  • 789
    SHARES

  • फ्रान्स र अमेरिकामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’

    काठमाडौँ । फ्रान्स र अमेरिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छ ।

    कोभिड -१९ का यसअघिका भेरियन्ट ओमिक्रोन र डेल्टासँग मिल्दोजुल्दो भएको साइप्रसको एक ल्याबमा गरिएको अनुसन्धानबाट पुष्टि भएको अन्तर्राष्ट्रिय समाचार संस्था स्काई न्युजले उल्लेख गरेको छ ।

    ‘डेल्टाक्रोन’ नाम दिइएको उक्त भेरियन्टले डेल्टा र ओमिक्रोन दुवैको असर देखिने भाइरोलोजिस्टहरूले बताएका छन् ।

    गत मार्च ९ मा नेदरल्यान्ड्स र डेनमार्कमा पनि यही भेरियन्ट देखापरेको विश्व स्वास्थ्य सङ्गठनले उल्लेख गरेको थियो ।

    हालसम्म दुई अमेरिकी नागरिकमा डेल्टाक्रोन सङ्क्रमण देखिएको र अन्य धेरैमा योसँग मिल्दोजुल्दो लक्षण देखिएको स्काई न्युजले लेखेको छ ।

    गत महिना बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सी (यूकेएचएसए)ले एक जना बेलायती नागरिकमा डेल्टा र ओमिक्रोन दुवैको लक्षण देखिएको बताएको थियो ।-एजेन्सी ।

    २०७८, फाल्गुण ३० सोमवार१२:३७:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार