नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा लेखनाथ कोइराला, को को बने पदाधिकारी ?

नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा लेखनाथ कोइराला, को को बने पदाधिकारी ?

२०७८, चैत्र १ मंगलवार

  • 1.1K
    SHARES

  • नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा लेखनाथ कोइराला, को को बने पदाधिकारी ?

    काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा लेखनाथ कोइराला निर्वाचित भएका छन्।

    काठमाडौंमा भएको ११ औं अधिवेशनबाट नेकपा एमालेनिकट कर्मचारीहरूको संस्था, नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा कोइरालालाई चयन गरिएको हो। उपाध्यक्षमा भवानी दाहाल, रेवन्त गौतम र प्रभास साह चयन भएका छन्।

    त्यस्तै, महासचिवमा जीवन काफ्ले चयन भए भने उपमहासचिवमा रामचन्द्र अधिकारी, युवाचन्द्र घिमिरे, कृष्णबहादुर केसी र विजया सुवेदी चयन भएका छन्।

    त्यस्तै सचिवहरुमा देवेन्द्र ढकाल, वामदेव ओली, तेजप्रकाश भण्डारी, सूर्यबहादुर कुँवर, पुरुषोत्तम रायमाझी र विष्णुकुमारी अधिकारी चयन हुँदा कोषाध्यक्षमा गणेशप्रसाद आचार्यलाई चयन गरिएको संगठनले जानकारी दिएको छ।

    २०७८, चैत्र १ मंगलवार०७:३६:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार