काठमाडौं । २०७४ को स्थानीय निर्वाचनमा कन्काई नगरपालिकाको प्रमुख र उप-प्रमुख दुवै पदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले विजय हासिल गरेको थियो ।
प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी एमालेका उमेद्वार राजेन्द्र कुमार पोखरेलले ८४१६ मत प्राप्त गरि विजयी भएका थिए भने उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका एकराज उप्रतीले ६१९७ मत प्राप्त गरेका थिए ।
त्यस्तै, नेकपा माओवादी केन्द्रका गोपाल प्रसाद चुँडालले ६३६, राष्ट्रीय प्रजातन्त्र पार्टीका केदार प्रसाद गिरीले ३०७, नेकपा मालेका प्रेम प्रसाद दहालले ३६, संघिय लोकतान्त्रिक राष्ट्रिय मंचका हनविर राईले १०८ र स्वतन्त्र उमेद्वार भिम प्रसाद अधिकारीले २१२७ मत प्राप्त गरेका थिए ।
त्यसै गरि उप-प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी एमालेकी मञ्जु प्रसाईँले ८५७६ मत प्राप्त गरि विजयी भएकी थिइन् भने उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसकी कविता घिमिरेले ६५७९ मत प्राप्त गरेकी थिइन् ।
त्यस्तै, नेकपा माओवादी केन्द्रकी शान्ता कुमारी अधिकारीले ९७३, राष्ट्रीय प्रजातन्त्र पार्टीकी चित्र कुमारी श्रेष्ठले ५२५ र स्वतन्त्र उमेद्वार धर्मलाल राजवंशी र हरिभक्त संग्रौलाले क्रमशः ७४१ र २० मत प्राप्त गरेका थिए ।
नगरका ९ वटा वडा मध्ये अध्यक्षको प्रतिस्पर्धामा १, २, ४, ५, ७ र ८ नं वडामा नेकपा एमालेका उमेद्वार क्रमशः रोशन पोखरेल, परशुराम गिरी, गोविन्द पौडेल, कृष्ण राई, लिला बहादुर कन्दंवा र प्रेम बहादुर कटवालले तथा ३, ६ र ९ नं वडामा नेपाली कांग्रेसका उमेद्वार क्रमशः रुद्र चिमरिया, लक्ष्मी प्रसाद ओली र प्रेम प्रसाद राजवंशीले विजय हासिल गरेका थिए ।