संयुक्त राष्ट्र संघको अबको महासचिव महिला हुनुपर्छ : महासभा अध्यक्ष

संयुक्त राष्ट्र संघको अबको महासचिव महिला हुनुपर्छ : महासभा अध्यक्ष

२०७८, चैत्र १ मंगलवार

  • 729
    SHARES

  • संयुक्त राष्ट्र संघको अबको महासचिव महिला हुनुपर्छ : महासभा अध्यक्ष

    काठमाण्डौ । संयुक्त राष्ट्रसंघ महासभाका अध्यक्ष अब्दुल्ला शाहिदले संयुक्त राष्ट्रसंघको अबको महासचिव महिला हुनुपर्ने धारणा राखेका छन्।

    महासभाको ७६ औ सत्रमा चार जना मात्रै महिला अध्यक्ष निर्वाचित भएका छन् भने महासचिवमा अहिलेसम्म कुनै पनि महिला चयन भएका छैनन् ।

    महिलाको स्थितिसम्बन्धी आयोगको ६६औँ अधिवेशनको उद्घाटन गर्दै शाहिदले यसलाई सच्याउन आवश्यक रहेको बताएका हुन् । “लैङ्गिक समानता र महिला सशक्तीकरणको सवालमा संयुक्त राष्ट्रसंघले विश्वभर उत्कुष्ट मापदण्ड लागू गर्न आह्वान गर्दै म व्यक्तिगत रूपमा अर्को महासचिव महिला होस् भन्ने चाहान्छु ।

    “म व्यक्तिगत रूपमा अर्को महासचिव महिला हुनको लागि आह्वान गर्दै अगाडिबाट नेतृत्व गर्नेछु।” उनले भने । विगत ७६ वर्षमा संयुक्त राष्ट्रसंघका सबै नौ महासचिव पुरुष रहेका छन् । वर्तमान महासचिव एन्टोनियो गुटेर्रेस आफ्नो दोस्रो पाँच वर्षे कार्यकालको पहिलो वर्षमा छन् ।-एजेन्सी ।

    २०७८, चैत्र १ मंगलवार०२:४०:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार