एमाले बैठक : स्थानीय तहका उम्मेदवार सिफारिस र निर्णय गर्ने मापदण्ड पारित

एमाले बैठक : स्थानीय तहका उम्मेदवार सिफारिस र निर्णय गर्ने मापदण्ड पारित

२०७८, चैत्र २ बुधवार

  • 1.1K
    SHARES

  • एमाले बैठक : स्थानीय तहका उम्मेदवार सिफारिस र निर्णय गर्ने मापदण्ड पारित

    काठमाडौँ। नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिस र निर्णय गर्ने मापदण्ड पारित गरेको छ ।

    केन्द्रीय सचिवालयको मङ्गलवार साँझ बसेको बैठकले उम्मेदवार सिफारिसको मापदण्ड पारित गरेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

    एमालेले वडाध्यक्ष र सदस्यहरूको सिफारिस वडा कमिटीबाट गर्ने र जिल्ला कमिटीले टिकटको निर्णय गर्ने विधि तय गरेको छ ।

    विगतमा जस्तै गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरको सिफारिस जिल्ला कमिटीले गर्ने र निर्णय प्रदेश कमिटीले गर्ने गुरुङले बताए ।

    त्यस्तै महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरको टिकट केन्द्रबाट दिइने र त्यसको सिफारिस जिल्ला र प्रदेश कमिटीले गर्नेछन् ।

    सचिवालयको बैठकमा स्थानीय चुनावकै बारेमा केन्द्रित रहेर छलफल भएको र अब केन्द्रीय कमिटी बैठकले राजनीतिक प्रतिवेदनसहित दिशा निर्देशन गर्ने उनले बताए ।

    चुनावी रणनीति बनाउन एमाले चैत ७ गते पोलिटव्यूरो र चैत ९ र १० गते केन्द्रीय कमिटी बैठक बोलाएको छ । त्यस्तै चैत १३ गते स्थायी कमिटी बैठक बस्ने गुरुङले जानकारी दिए ।

    २०७८, चैत्र २ बुधवार०७:२४:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार