विप्लव समूहका नेता ओली निवासमा, पार्टी प्रवेश गराउन अध्यक्ष ओली जुम्लाको सिँजा जाँदै

विप्लव समूहका नेता ओली निवासमा, पार्टी प्रवेश गराउन अध्यक्ष ओली जुम्लाको सिँजा जाँदै

२०७८, चैत्र २ बुधवार

  • 1.1K
    SHARES

  • विप्लव समूहका नेता ओली निवासमा, पार्टी प्रवेश गराउन अध्यक्ष ओली जुम्लाको सिँजा जाँदै

    काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कर्णाली राज्य समितिका प्रभावशाली नेताहरूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।

    बालकोट पुगेर कर्णाली राज्य समिति सदस्य तथा जुम्लाका नेता रामप्रसाद शर्मासहित विष्णुभक्त शर्मा विद्यार्थी नेता नेत्रराज धितालले ओलीलाई भेटेका हुन् ।

    सो समूहसहित अन्य व्यक्तिहरूलाई पार्टी प्रवेश गराउन एमाले जुम्लाले चैत १७ गते सिञ्जामा आमसभा आयोजना गरेको छ ।

    पार्टी प्रवेश गराउन अध्यक्ष ओली आफैँ जुम्ला जाने भएका छन् ।

    २०७८, चैत्र २ बुधवार०९:२०:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार