विश्वकप लिग-२ : आज नेपाल यूएईविरुद्ध खेल्दै

विश्वकप लिग-२ : आज नेपाल यूएईविरुद्ध खेल्दै

२०७८, चैत्र ४ शुक्रवार

  • 1.2K
    SHARES

  • विश्वकप लिग-२ : आज नेपाल यूएईविरुद्ध खेल्दै

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय श्रृङ्खलामा नेपालले शुक्रबार यूएईसँग खेल्दैछ। नेपाल र यूएई बीचको खेल शुक्रबार बिहान सवा ११ बजेबाट हुँदैछ।

    नेपाल र यूएई चिरपरिचित प्रतिद्वन्द्वी हुन्। नेपाल र यूएईले चार पटक अन्तर्राष्ट्रिय एक दिवसीय खेलेका छन्। जसमा नेपाल र यूएईले समान दुई-दुई पटक जित हात पारेका छन्।

    नेपाल यसअघि पपुवा न्युगिनीमाथि विजय भएकाले यूएईविरुद्ध उत्साहका साथ मैदान उत्रिदै छ। युएईलाई पराजित गर्दै नेपाल यो सिरिजमा लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ । रोचक बनेको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई २ विकेटले हराएको थियो।

    नेपालजस्तै यूएईसमेत लगातार दोस्रो जितको लक्ष्यमा छ। पहिलो खेलमा यूएईले पपुवा न्युगिनीलाई ७ विकेटले हराएको थियो।

    २०७८, चैत्र ४ शुक्रवार०६:५७:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार