परिवर्तित रुसी युद्ध रणनीतिले धेरै नागरिकको ज्यान जान सक्छ – बेलायत

परिवर्तित रुसी युद्ध रणनीतिले धेरै नागरिकको ज्यान जान सक्छ – बेलायत

२०७८, चैत्र ५ शनिवार

  • 1.1K
    SHARES

  • परिवर्तित रुसी युद्ध रणनीतिले धेरै नागरिकको ज्यान जान सक्छ – बेलायत

    लन्डन । बेलायतको रक्षा मन्त्रालयले युक्रेनमा भइरहेको युद्धको बारेमा चेतावनीपूर्ण सूचना सम्प्रेषण गरेको छ। मन्त्रालयको ट्वीटर ह्याण्डलबाट प्रकाशित उक्त सूचनामा बेलायती गुप्तचरका अनुसार युक्रेनमा रुसको बदलिएको युद्ध नीतिले थप नागरिकको मृत्यु हुन सक्ने जनाइएको छ।

    ‘रुसले जुन उद्देश्यसाथ आक्रमण गरेको छ, त्यो प्राप्त गर्न नसकिरहेको अवस्था छ। युक्रेनी प्रतिरोधको मात्रा र उग्रताबाट रसिया छक्क परेको छ’, ट्वीटमा लेखिएको छ, ‘रुस आफ्नो युद्ध नीति परिवर्तन गर्न बाध्य भएको छ र अब उसले उदासिनताको रणनीति पछ्याउँदैछ।’

    ट्वीटका अनुसार आगामी आक्रमण अन्धाधुन्ध गोलाबारीको उपयोग हुने सम्भावना रहेको छ। परिणामस्वरुप नागरिक हताहत हुने संख्यामा वृद्धि भइरहेको छ। ‘यसले युक्रेनको पूर्वाधार विनाश गर्नुका साथै मानवीय संकटलाई तीव्र बनाउँछ।’ -एजेन्सी । 

    २०७८, चैत्र ५ शनिवार०३:०७:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार