अबको निर्वाचनमा माधवहरू समाप्त, कांग्रेस १३ सिटमा : अध्यक्ष ओली

अबको निर्वाचनमा माधवहरू समाप्त, कांग्रेस १३ सिटमा : अध्यक्ष ओली

२०७८, चैत्र ५ शनिवार

  • 897
    SHARES

  • अबको निर्वाचनमा माधवहरू समाप्त, कांग्रेस १३ सिटमा : अध्यक्ष ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६० वर्ष नाघेका कुनै पनि ज्येष्ठ नागरिकले काँग्रेसरमाओवादीलाई भोट नहाल्ने दाबी गरेका छन्। उनले सत्तारूढ दलहरूले चेताइसकेका हुनाले युवाहरूले पनि भोट नदिने दाबी गरे।

    ओलीले माओवादी केन्द्रलाई गत संसदीय निर्वाचनमा आफूहरूले जोगाइदिएको र माधव नेपालहरू अबको निर्वाचनपछि समाप्त हुने दाबी समेत गरेका छन् ।

    उनले भने, ‘एमालेलाई चौथो पार्टी बनाउँछु भन्छ कोही। अहिले चौथो पार्टी हो एमाले संसद्मा ? संसद्मा एमालेसँग ९८ सिट छ। अरूको धेरै भएकाको पनि ६१ सिट छ। कोही हामीले बनाइदिएको ४८ सिटा लिएर हामीले टाँसीदिएको जुँगामा ताउ लाउँछ । त्यस कारण म साथीहरूलाई भन्न चाहन्छु, यो गठबन्धन केही होइन। बुढो काँग्रेस पाँच वर्षअघि २३ सिटमा झरेको होइन ? काँग्रेसलाई १३ सिटमा झारिदिनुपर्छ, लाग्नुस् तपाईँहरू।’

    ओलीले विभिन्न जालझेल, तिकडम र षडयन्त्र गरेर आफ्नो पार्टीलाई सरकारबाट हटाउने काम गरेको भन्दै अब हट्नु नपर्ने गरी पार्टीले आगामी निर्वाचनमा जित हासिल गर्नुपर्ने बताए।

    २०७८, चैत्र ५ शनिवार०३:२१:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार