चुनाव सफल बनाउन महासचिवको आग्रह

चुनाव सफल बनाउन महासचिवको आग्रह

२०७८, चैत्र ५ शनिवार

  • 629
    SHARES

  • चुनाव सफल बनाउन महासचिवको आग्रह

    काठमाण्डौ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सफल बनाउन आग्रह गरेका छन् ।

    मध्यपुरथिमिमा आज आयोजित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा उनले निर्वाचनका एजेण्डा लिएर घरघर जानुपर्नेमा जोड दिए ।

    महासचिव पोखरेलले भने, “ अब सम्पूर्ण समय पार्टीलाई दिनुहोस्, टोलटोल, वडावडामा परिचालित हुनुहोस् ।” कार्यक्रममा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले घरघरमा पुगेर जनमत बटुल्न आग्रह गरे । उनले विकास र समृद्धिको नारा लिएर जनतामा जानसमेत कार्यकर्तालाई निर्देशन दिए।

    २०७८, चैत्र ५ शनिवार०७:११:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार