हाम्रो सभापतिलाई तपाईँका उच्छृङ्खल अभिव्यक्तिको जवाफ दिने फुर्सद छैन : महामन्त्री शर्मा

हाम्रो सभापतिलाई तपाईँका उच्छृङ्खल अभिव्यक्तिको जवाफ दिने फुर्सद छैन : महामन्त्री शर्मा

२०७८, चैत्र ६ आइतवार

  • 989
    SHARES

  • हाम्रो सभापतिलाई तपाईँका उच्छृङ्खल अभिव्यक्तिको जवाफ दिने फुर्सद छैन : महामन्त्री शर्मा

    काठमाडौँ । नेपाली काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई एमाले अध्यक्ष केपी ओलीका हलुका टिप्पणीको जवाफ दिने फुर्सद नभएको बताएका छन् ।

    ओलीले शनिवार मात्रै काठमाडौँमा आयोजित कार्यक्रममा काँग्रेसको कडा आलोचना गरेका थिए ।

    ओलीको अभिव्यक्तिप्रति लक्षित गर्दै महामन्त्री शर्माले एमाले र कम्युनिस्ट पार्टीहरूको कडा आलोचना गरेका छन् । उनले भने, ‘ओलीका हलुका उच्छृङ्खल प्रश्नको जवाफ दिने फुर्सद पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई छैन । आवश्यक परे हामीले दिने हो ।’

    उनले बोलीको ठेगान नभएका नेपाली कम्युनिस्टलाई कार्ल मार्क्स र लेनिनले नै भोट नहाल्ने टिप्पणी गरे । उनले भने, ‘नेपाली कम्युनिस्टहरूको बोलीको ठेगान छैन । यदि कार्ल मार्क्स र लेलिनले नै भोट हाल्न पाउँथे भने पनि बोलीको ठेगान नभएका कम्युनिस्टलाई भन्दा काँग्रेसलाई भोट हाल्थे ।’

    २०७८, चैत्र ६ आइतवार०७:११:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार