अत्यावश्यक बाहेकको यात्रा नगर्न चिनियाँलाई आह्वान

अत्यावश्यक बाहेकको यात्रा नगर्न चिनियाँलाई आह्वान

२०७७, पौष १६ बिहिवार

  • 1.2K
    SHARES

  • अत्यावश्यक बाहेकको यात्रा नगर्न चिनियाँलाई आह्वान

    पौष १६, बेइजिङ ।  

    चिनियाँ नागरिकलाई चाडपर्व मनाउन भन्दै अनाबश्यक यात्रा नगर्न सरकारले आह्वान गरेको छ । 

    चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले अत्याबश्यक यात्रा मात्रै गर्न सबैलाई आह्वान गरेको हो । 

    नयाँ वर्ष लगायतका चाडवर्षको अवसरमा मानिसहरु धेरै आवत जावत गर्ने भएकाले यस पटक रमाइलोका लागि गरिने यात्रा नगर्न आह्वान गरिएको मन्त्रालयले जनाएको छ । 

    कोरोनाभाइरसको महामारी फैलिइरहेका बेला यात्रा गर्दा महामारी थप फैलिन सक्ने भएकाले यात्रामा रोक लगाइएको उनीहरुको भनाई छ। 

    यात्रा गर्नु नै पर्ने भएमा उच्च सतर्कता अपनाउन र स्वास्थ्य मापदण्डहरुको पालना गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

    माक्स लगाउने, सामाजिक दूरी कायम गर्ने, सेनिटाइजरको प्रयोग गर्ने वा साबुन पानीले हात धुने जस्ता सतर्कता अपनाउन जोड गरिएको छ ।

    मन्त्रालयले पर्यटकहरुलाई पनि महामारीबाट बच्नका लागि उच्च सतर्कता अपनाउन आग्रह गरिएको जनाएको छ । -एजेन्सी ।   

    २०७७, पौष १६ बिहिवार०७:२६:०४
    प्रतिक्रिया
    सम्बन्धित समाचार