निर्वाचन अवधिभर सूर्य चिन्ह मात्र प्रदर्शन गर्न नेता नेपालको आग्रह

निर्वाचन अवधिभर सूर्य चिन्ह मात्र प्रदर्शन गर्न नेता नेपालको आग्रह

२०७८, चैत्र ६ आइतवार

  • 2.5K
    SHARES

  • निर्वाचन अवधिभर सूर्य चिन्ह मात्र प्रदर्शन गर्न नेता नेपालको आग्रह

    काठमाडौं । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा केन्द्रीत हुन नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेता समिर नेपालले आग्रह गरेका छन् । 

    पार्टीको निर्वाचन चिन्ह र पार्टीको झण्डा करिव करिव उस्तै भएकाले प्रचारप्रसार गर्दा सूर्य चिन्हमात्र प्रयोग गर्न उपत्यका विशेष कमिटीका सचिव समेत रहेका नेपालले आग्रह गरेका हुन् । 

    पार्टी लोगोको भित्री भागमा हसिया हथौडा चिन्ह छ । सामाजिक सन्जालमा निर्वाचन सामाग्री पोष्ट गर्दा राम्रो देखिने भएकोले झण्डाको ठाउँ लोगोले लिइरहेको यदाकदा देखिने भएकाले पनि जनतालाई सुसुचित गर्न पनि सूर्य चिन्हमात्र प्रदर्शन गर्न नेपालले भनेका छन् । 

    निर्वाचन सम्बन्धी सामाग्री बनाउँदा निम्नानुसार गर्न पनि नेता नेपालको अनुरोध छ : 
    "१. निर्वाचन अवधिसम्म ब्यानर, झण्डा र सामाजिक सन्जालको लागि तयार पारिने प्रचार सामाग्रीमा चुनाव चिन्ह सूर्यमात्र प्रयोग गरौ होला ।
    २. निर्वाचन अवधिसम्म पार्टी लोगो र झण्डाको प्रयोग पार्टीका आन्तरिक कार्यक्रमहरूमा मात्र प्रयोग गर्नु उपयुक्त होला । तर कार्यक्रम स्थल बाहिर भने व्यापक रुपमा चुनाव चिन्ह सूर्यको प्रदर्शन गर्ने कुरामा कन्जुस्याइ नगरौ ।
    ३. जुलुसहरुमा पनि पार्टीको झण्डा प्रयोग गर्दा जुलुसको अगाडी भागमा एउटामात्र झण्डाको प्रयोग गर्दा राम्रो होला ।
    ४. प्रचार सामाग्री जस्तै क्याप, टि-सर्ट, ब्यानर, माक्स लगायतमा पार्टीको लोगो बिलकुल प्रयोग नगरौ । तिनमा चुनाव चिन्ह सूर्यमात्र प्रयोग गरौ ।"

    २०७८, चैत्र ६ आइतवार०८:१३:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार