कांग्रेस प्रदेश समितिमा १६ जना मनोनीत

कांग्रेस प्रदेश समितिमा १६ जना मनोनीत

२०७८, चैत्र ६ आइतवार

  • 821
    SHARES

  • कांग्रेस प्रदेश समितिमा १६ जना मनोनीत

    काठमाण्डौ । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिमा १६ जना मनोनीत भएका छन् । पार्टीको विधान १३ (६) अनुसार प्रदेश कार्यसमितिका सभापति इन्द्रबहादुर बाँनियाले उनीहरुलाई आज मनोनयन गरेका हुन् ।

    सिन्धुपाल्चोकका निमा लामा, भक्तपुरका कृष्णलाल भँडेल, मकवानपुरका सन्तबहादुर प्रजा, रसुवाका प्रभात तामाङ तथा नुवाकोटबाट अर्जुन न्यौपाने र कल्पना नेपालीलाई मनोनय गरिएको छ ।

    यसैगरी धादिङबाट तीलकप्रसाद रुवाली, काठमाडौँका छिरिङदोर्जे लामा, राजु खरेल, गौरी दवाडी, हरिहर अधिकारी र भगवतीकुमारी खड्कालाई सभापति बानियाँले कार्यसमितिमा मनोनयन गरेको पार्टी प्रदेश कार्यालयले जनाएको छ ।

    सभापतिबाट मनोनय हुनेमा ललितपुरका रमेशकुमार वखती र राजेश महर्जन तथा दोलखाका प्रभुराम श्रेष्ठ हुन् ।

    २०७८, चैत्र ६ आइतवार०३:४२:३७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार