रियलको घरेलु मैदानमा बार्साको ४ गोल 

रियलको घरेलु मैदानमा बार्साको ४ गोल 

२०७८, चैत्र ७ सोमवार

  • 833
    SHARES

  • रियलको घरेलु मैदानमा बार्साको ४ गोल 

    काठमाडौं । बार्सिलोनाले रियल म्याड्रिडलाई उसैको घरेलु मैदानमा हराउँदै लिग उपाधिको आशा कायम राखेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले ४-० को शानदार जीत हासिल गरेको हो ।

    बार्सिलोनालाई जीत दिलाउन पहिलो क्लासिको खेलिरहेका पीएरे एमरिक आउबामियाङ नायक रहे उनले दुई गोल गर्नुका साथै एक गोलको अवसर सिर्जना गरे । आउबामियाङले खेलको २९ औँ मिनेटमा ओसमान डेम्बेलेको पासमा बार्सालाई अग्रता दिलाएका थिए । ३८ औँ मिनेटमा रोनाल्ड अराउजोले बर्साको अग्रता दोब्बर बनाए ।

    दोस्रो हाफमा फेरान टोरेस र आउबामियाङले एक एक गोल गर्दै टोलीलाई सहज जीत दिलाए । यसअघि लगातार पाँच वटा एल क्लासिको जितेको रियल लिगमा ९ खेल बाँकी छँदा दोस्रो स्थानमा रहेको सेभियाभन्दा ९ अङ्कले अघि रहेको छ । बार्सिलोना सेभियाभन्दा ३ अङ्कले पछि रहेको छ । बार्सा पछिल्ला १२ खेलमा अपराजित रहेको छ ।

    २०७८, चैत्र ७ सोमवार०७:०९:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार