यूएईविरुद्ध खेल्दै नेपाल, चल्ला त व्याटिंग ?

यूएईविरुद्ध खेल्दै नेपाल, चल्ला त व्याटिंग ?

२०७८, चैत्र ७ सोमवार

  • 917
    SHARES

  • यूएईविरुद्ध खेल्दै नेपाल, चल्ला त व्याटिंग ?

    काठमाडौं । कमजोर ब्याटिङ प्रदर्शन गरिरहेको नेपालले आज आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखलामा घरेलु टोली युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्ध खेल्दै छ । 

    यूएई भ्रमणमा नेपालको यो तेस्रो खेल । यसअघिका दुई खेलमा नेपालले मिश्रित नतिजा निकालेको छ । पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध संघर्षपूर्ण विजय हासिल गरेको नेपाल दोस्रो खेलमा यूएईसँग ४८ रनले पराजित भएको थियो । 

    ती दुवै खेलमा नेपालको ब्याटिङ प्रदर्शन कमजोर रह्यो । पछिल्लो खेलमा यूएईलाई १६८ रनमा रोके पनि नेपालले लक्ष्य पूरा गर्न सकेन ।

    यूएईविरुद्धको खेलपछि नेपालका कप्तान सन्दीप लामिछानेले भनेका थिए, ‘‘यूएईले पछिल्लो समय जुन प्रदर्शन गरिरहेको छ, त्यस्तो बेला उनीहरूलाई १६८ रनमा रोक्नु सपनाजस्तै हो । तर, हामीले १६८ रनमा लक्ष्य पूरा गर्न नसक्नु हाम्रो कमजोरी हो । हामीले गम्भीर भएर सोच्नुपर्ने बेला भएको छ । सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने समय आएको छ ।’’

    यूएईविरुद्ध नेपालले आज बिहान सवा ११ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल्दै छ । नेपाललाई आज यसअघि हारको बदला लिने राम्रो मौका छ । र, अर्को वर्ष भारतमा हुने एकदिवसीय विश्वकपको सम्भावना कायम राख्न पनि नेपालले अबका खेल जित्नु आवश्यक छ ।

    यूएईले पहिलो खेलमा पीएनजीलाई ७ विकेटले हराएको थियो । तर, दोस्रो खेलमा पीएनजीसँग यूएई ६ विकेटले पराजित भयो । त्यो पीएनजीको आईसीसी क्रिकेट विश्वकप लिग–२ मा पहिलो जित थियो ।

    आईसीसी क्रिकेट विश्वकप लिग–२ मा सात टोलीले प्रतिस्पर्धा गरेका छन् । नेपाल १० मध्ये पाँच खेल जित्दै १० अंक जोडेर छैटौँ स्थानमा छ । नेपालभन्दा तल पीएनजी मात्र छ । पीएनजीले १५ खेलबाट दुई अंक जोडेको छ । यूएई भने १७ खेलमा नौ जित निकाल्दै २० अंकका साथ दोस्रो स्थानमा छ । २८ खेलबाट ३६ अंक जोडेको ओमान शीर्ष स्थानमा छ । यस प्रतियोगितामा एक टिमले कुल ३६ खेल खेल्नेछ ।

    प्रतियोगिताको शीर्ष तीन टोलीले ग्लोबल क्वालिफायर खेल्नेछन् । बाँकी टोली प्लेअफबाट गुज्रिनेछन् ।

    यूएई र नेपाल चिरपरिचित प्रतिद्वन्द्वी हुन् । नेपाल र यूएई एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पाँचपटक आमनेसामने भएका छन् । जसमा नेपालले दुई खेल जितेको छ भने यूएई तीनपटक विजयी भएको छ । 

    २०७८, चैत्र ७ सोमवार०९:२४:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार