काठमाडौँ। अन्ततः बजारमा आएका हल्लालाई सार्थक पार्दै अभिनेत्री करिश्मा मानन्धर एमाले प्रवेश गर्दैछिन् ।
मानन्धरसहित दर्जनौँ समाजवादी जनता पार्टीका नेता, कार्यकर्ता आज एमाले प्रवेश गर्ने भएका हुन् ।
दिउँसो १ बजे राखिएको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई स्वागत गर्नेछन् ।
चर्चित एवम् लोकप्रिय अभिनेत्री मानन्धर पछिल्लो समय राजनीतिमा सक्रिय हुन थालेकी छन् । उनी यसअघि बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा लागेकी थिइन् ।