माओवादी केन्द्र काठमाडौं जिल्ला सचिव रुपा बर्मा एमाले प्रवेश

माओवादी केन्द्र काठमाडौं जिल्ला सचिव रुपा बर्मा एमाले प्रवेश

२०७८, चैत्र ८ मंगलवार

  • 1.2K
    SHARES

  • माओवादी केन्द्र काठमाडौं जिल्ला सचिव रुपा बर्मा एमाले प्रवेश

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) सम्बद्ध नेपाल दलित मुक्ति मोर्चा काठमाडौं जिल्ला सचिव रुपा बर्मा नेकपा (एमाले) प्रवेश गरेकी छन् ।

    काठमाडौं महानगरपालिका कार्यालय सदस्य तथा मोर्चा सचिव रुपा बर्मा, विशेष जिल्ला कमिटी सदस्य देवकी खरेल सहित अन्य नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । 

    मंगलवार काठमाडौं महानगरपालिका वडा नं ३१ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले वागमती प्रदेश संगठन कमिटी सदस्य तथा क्षेत्रीय इन्चार्ज गणेश दुलाल, प्रदेश ख इन्चार्ज नेता नारायण भण्डारी लगाएतका नेताहरुले नवप्रवेशीलाई खादा र अबिर लगाएर पार्टी प्रवेश गराए । 

    स्थानिय तहमा भिजेकी बर्मा २०७४ सालको स्थानिय तहको निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार बन्दै अधिकतम मत प्राप्त गरे पनि विजय भएकी थिइनन् । 

    rupa-1.jpg

    २०७५ सालमा पार्टी एकता हुँदा घुलमिल भएका कारण र अहिले पार्टीले कहिले कांग्रेस त कहिले राप्रपाको झण्डा बोक्न बाध्य बनाएको हुँदा पार्टी परित्याग गर्नु परेको नवप्रवेशी देवकी खरेलको भनाई थियो । 

    माओवादी पार्टी परिवारवाद र दक्षिणपन्थमा फँसेको, एमसीसीमा द्धैध चरित्र देखिनुका साथै सो पार्टीमा बसेर देश र जनताका लागि केहि पनि गर्न नसकिने महशुस गरि एमाले रोज्ने निष्कर्षमा पुगेको नेतृ बर्माको भनाई थियो । 

    एमाले जनताको पार्टी भएकैले अन्य पार्टीबाट एमाले प्रवेश गर्ने लहर चलेको नेता दुलालले बताए । आगामी चुनावमा जस्तासुकै ६ दल, ७ दलका गठबन्धन बने पनि जनताले सबक सिकाउने नेता भण्डारीको भनाई थियो । 

    २०७८, चैत्र ८ मंगलवार०९:०४:३७
    प्रतिक्रिया
    सम्बन्धित समाचार