लन्डन । रुसका नोबेल पुरस्कार विजेता पत्रकारले रुसी आक्रमणका कारण शरणार्थी बनेका युक्रेनीहरुको सहयोग गर्न आफ्नो नोबेल पुरस्कार पदक दान गर्ने बताएका छन्।
रुसी सत्ताको आलोचना गर्ने नोभाया गाजेत पत्रिकाका प्रधानसम्पादक डिमित्री मुरातोभले आफ्नो नोबेल शान्ति पुरस्कार पदक युक्रेनी शरणार्थीका लागि आवश्यक सहयोग जुटाउन दान गर्ने घोषणा गरेका हुन्।
गएको फेब्रुअरी २४ मा रुसले आक्रमण थालेयता एक करोड युक्रेनी आन्तरिक र बाह्य रुपमा विस्थापित भएका छन्।
गएको वर्ष नोबेल पुरस्कार जितेका मुरातोभले लेखेका छन्, ‘मैले अक्सन हाउस (लिलामी केन्द्र) हरुलाई यो विश्व चर्चित अवार्ड लिलामीमा राख्न आग्रह गरेको छु।’ -एजेन्सी ।