त्रि.वि. प्रगतिशील कर्मचारी संगठनको छैटौँ राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा कार्की 

त्रि.वि. प्रगतिशील कर्मचारी संगठनको छैटौँ राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा कार्की 

२०७८, चैत्र ९ बुधवार

  • 1.8K
    SHARES

  • त्रि.वि. प्रगतिशील कर्मचारी संगठनको छैटौँ राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा कार्की 

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय प्रगतिशील कर्मचारी संगठनको छैटौँ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । 

    मंगलवार राजधानीमा सम्पन्न सम्मेलनले छत्र कार्कीको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

    त्यस्तै, वरिष्ठ उपाध्यक्षमा रामजी खड्का, ७ उपाध्यक्षमा गोपाल घिमिरे, सतिस तामाङ, कृष्ण प्रसाद आचार्य, केशव प्रसाद पौडेल, शारदा पौडेल पगेनी, हरिना कुमारी भट्ट, अवस्थी हेमा, शारदा कुमारी श्रेष्ठ, महासचिवमा सुनिल कुमार खनाल, उपमहासचिव लिला राई, ३ सचिवमा शिवप्रसाद पोख्रेल, बिजय शर्मा, अन्नपूर्ण पाण्डे र कोषाध्यक्षमा उमा पाण्डे रहेका छन् । 

    त्यसैगरि सदस्यहरुमा पदम पुडासैनी, सुदेस्वर प्रसाद यादव, तारा देवी अधिकरी, रत्न बहादुर शाही, प्रज्वल भन्डारी, ईन्दु पराजुली, हसिना बस्नेत, सुवर्ण आचार्य लगायत निर्वाचित भएका छन् । 

    tu-1.jpg

    नेकपा एमाले केन्द्रीय सदस्य एवं पेशागत महासंघका इन्चार्ज बाबुराम थापाले उद्घाटन गर्दै पार्टीको २७ वटा घटक मध्येको पेशागत महासंघ अन्तगत रहेको त्रि.वि. प्रगतिशील कर्मचारी संगठन पेशागत संगठनका उद्देश्य र कार्यक्षेत्रको अधिनमा रही श्रमिकहरुको पेशागत संरक्षणमा लाग्न निर्देशन दिए । साथै अब संविधानमा नै श्रमिकको राजनीतिक अधिकार सहितको टे्ड यूनियनको आन्दोलनमा लाग्नुपर्नेमा सबै पेशागत संगठनहरुले पुनर्विचार गर्नुपर्ने वेला आएकोमा जोड दिए । 

    त्यसैगरी कार्यक्रममा उपत्यका प्रदेश कमिटी अध्यक्ष प्रेम पराजुलीले देशमा सामन्तवाद अन्त्य भएता पनि पुँजीवाद मौलाइरहको अवस्थामा पेशागत संगठनहरु पनि समाजवाद स्थापनाको संघर्षमा उत्रिनुपर्ने बताए ।

    संगठनका अध्यक्ष हेमराज न्यौपानेको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा स्वागत मन्तव्य उपाध्यक्ष राजी खड्काले र कार्यक्रममा सञ्चालन सचिव बसन्तकुमार श्रेष्ठले गरेका थिए । 

    २०७८, चैत्र ९ बुधवार०८:५४:०२
    प्रतिक्रिया
    सम्बन्धित समाचार