विरासत जोगाउन कस्सियो काठमाडौं ३१ एमाले

विरासत जोगाउन कस्सियो काठमाडौं ३१ एमाले

२०७८, चैत्र ९ बुधवार

  • 853
    SHARES

  • विरासत जोगाउन कस्सियो काठमाडौं ३१ एमाले

    काठमाडौं । २०७४ सालको स्थानिय तह निर्वचनको विजेता काठमाडौं ३१ वडा आफ्नो पुर्व विरासत जोगाउन कस्सिएको छ । 

    बुधवार एकैदिन दुईभेला तथा निर्वाचन परिचालन कमिटी गठन गर्दै एमालेले निर्वाचनमा पुनः सशक्त दावेदारी पस्तुत गरेको छ । 

    नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं अनेमसंघ महानगर इन्चार्ज हुमा आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले कोपिला गिरीको नेतृत्वमा १०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको थियो । कमिटीको उपाध्यक्षमा मिठु श्रेष्ठ, सचिवमा संगिता बस्नेत र कोषाध्यक्ष उमा सत्याल रहेकी छन् । 

    5.jpg

    त्यस्तै सोहीदिन साँझ शंखमुलमा सम्पन्न भेलाले उज्वल अधिकारीको अध्यक्षतामा १७ सदस्यीय टोल कमिटी समेत गठन गरेको छ । 
    २०७४ सालको निर्वाचन अगाडीको वडाको अवस्था र अहिलेको अवस्था हेरेर, मनन् गरेर सुझाव दिन एमाले नेता नारायण भण्डारीले भनेका छन् । धुलो मुक्त, सफा वडा आफ्नो महत्वपूर्ण एजेण्डा भएकाले सुन्दर र शान्त वडा बनाउन कुनै कसुर बाँकी नराखेको उनको भनाई थियो ।

    समय अलिबढि लिए पनि ठेक्का लागि निर्माणको प्रक्रियामा क्षितिज मार्ग रहेकाले थोरै समय धैर्यधारण गर्न नेता  गणेश प्रसाद दुलालले भनेका छन् । आगामी निर्वाचनमा सात सुर्य सात छाप नेकपा एमाले जिन्दावादको नारा सफल पार्न सबै सजग रहनुपर्ने उनको धारणा थियो । 

    4.jpg2.jpg

    २०७८, चैत्र ९ बुधवार०९:३२:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार