नेविसङ्घ अध्यक्षमा शेर्पा र तरुण दल अध्यक्षमा गुरुङ मनोनित

नेविसङ्घ अध्यक्षमा शेर्पा र तरुण दल अध्यक्षमा गुरुङ मनोनित

२०७८, चैत्र १० बिहिवार

  • 661
    SHARES

  • नेविसङ्घ अध्यक्षमा शेर्पा र तरुण दल अध्यक्षमा गुरुङ मनोनित

    काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका भ्रातृ संस्थाहरु नेपाल विद्यार्थी सङ्घको अध्यक्षमा दुजाङ शेर्पा (काठमाडौँ) र नेपाल तरुण दलको अध्यक्षमा विद्वान गुरुङ (पर्वत) लाई नियुक्त गरेका छन् ।   
     
    सभापति देउवाले काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गत फागुन ३ गतेको बैठकको निर्णयानुसार पार्टीको विधानबमोजिम दुवै भ्रातृ संस्थाको केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्षमा उनीहरुलाई बुधवार नियुक्त गर्नुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

    तदर्थ कार्यसमितिले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले तीन महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नुपर्नेछ । 

    २०७८, चैत्र १० बिहिवार०७:०९:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार