चीनबाट भित्रियो २३२ मेट्रिक टन रासायनिक मल

चीनबाट भित्रियो २३२ मेट्रिक टन रासायनिक मल

२०७८, चैत्र १० बिहिवार

  • 1.9K
    SHARES

  • चीनबाट भित्रियो २३२ मेट्रिक टन रासायनिक मल

    काठमाडौँ । चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल नेपाल आउन थालेको छ।

    तातोपानी नाका भएर बुधवार २३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमले बताए।

    सिल्क मार्केटलाई चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी दिइएको थियो। भन्सार विभागबाट आज रिपोर्ट आउनासाथ मल राजधानी पठाइने गौतमले बताए।

    बोलपत्र पाएपछि छ महिनाअघि शुल्कले पहिलो खेपमा एक हजार ५०० मेट्रिक टन मल चीनबाट ल्याइसकेको छ।

    रासायनिक मलको चर्को अभाव झेल्दै आएका नेपाली किसानलाई यसले राहत दिने बताइएको छ। बाँकी आठ हजार ५०० मेट्रिक टन मल ल्याउन थालिएको सिल्क मार्केटले जनाएको छ।

    २०७८, चैत्र १० बिहिवार०७:२२:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार