काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, टिकट बाँड्न संसदीय समिति गठन गरिने

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, टिकट बाँड्न संसदीय समिति गठन गरिने

२०७८, चैत्र ११ शुक्रवार

  • 781
    SHARES

  • काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, टिकट बाँड्न संसदीय समिति गठन गरिने

    काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्नेछ ।

    आजको बैठकले आगामी स्थानीय तह निर्वाचनका लागि टिकट वितरणका लागि काँग्रेसले संसदीय समिति गठन गर्ने भएको छ ।

    पार्टी विधान अनुसार निर्वाचन लड्ने उम्मेदवार तय गर्ने र टिकट वितरण गर्ने अधिकार संसदीय समितिलाई मात्र छ ।

    बैठकमा स्थानीय तह निर्वाचनको तयारी अर्को मुख्य एजेन्डा रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । बैठकमा स्थानीय तह निर्वाचनका लागि ‘घर घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियानको पनि समीक्षा हुनेछ ।

    २०७८, चैत्र ११ शुक्रवार०७:३३:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार