घरेलु मैदानमा नेपालले पीएनजीविरुद्ध आज एक दिवसीय क्रिकेट खेल्दै

घरेलु मैदानमा नेपालले पीएनजीविरुद्ध आज एक दिवसीय क्रिकेट खेल्दै

२०७८, चैत्र ११ शुक्रवार

  • 1.5K
    SHARES

  • घरेलु मैदानमा नेपालले पीएनजीविरुद्ध आज एक दिवसीय क्रिकेट खेल्दै

    काठमाडौँ । युवा खेलाडी प्रेरित नेपालले आज घरेलु मैदानमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै छ। त्रिवि क्रिकेट मैदानमा नेपाल र पीएनजीबीचको खेल बिहान ९ बजे सुरु हुनेछ।

    सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पीएनजीलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ। पीएनजी पनि नेपाललाई हराएर विजयी सुरुआत गर्न चाहन्छ।

    दुई खेलको एक दिवसीय सिरिज र त्रिदेशीय टी-ट्वान्टी सिरिजका लागि पीएनजी नेपालको भ्रमणमा आएको हो। दोस्रो खेल शनिवार हुनेछ।

    युएईमा सम्पन्न आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिज खेलेर पीएनजी नेपाल आएको हो। उक्त सिरिजमा नेपालले दुवै खेलमा पीएनजीलाई हराएको थियो।

    २०७८, चैत्र ११ शुक्रवार०७:४०:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार