बस्ती बस्तीमा राजनीतिक दल, उत्साहित देखिँदै जनता

बस्ती बस्तीमा राजनीतिक दल, उत्साहित देखिँदै जनता

२०७८, चैत्र ११ शुक्रवार

  • 2.9K
    SHARES

  • बस्ती बस्तीमा राजनीतिक दल, उत्साहित देखिँदै जनता

    काठमाडौं । बैशाख ३० गतेको स्थानिय निर्वाचनको सन्दर्भमा राजनीतिक पार्टीहरु बस्ती बस्तीमा देखिन थालेका छन् । 

    काठमाडौं वडा नं ३१ अवस्थित दिर्घायु टोलमा नेकपा एमालेको टोल कमिटी गठन कार्यक्रममा जनता उत्साहित भएर उपस्थित भएको पाइएको छ । 

    लोकतन्त्रको सुन्दर पक्ष मानिने आवधिक निर्वाचन मार्फत चुन्ने र चुनिने अवसरलाई पर्वकै रुपमा लिइन्छ । चुनिन जति गार्हो छ, त्यसको महत्वता जोगाउन उत्तिकै मेहनतका साथ जनताको मन जित्न सक्नु पर्दछ । 

    t6.jpg

    चुनावका बेलामा १ छाक मासु भात खुवाएर भोट तान्न खोज्ने पार्टी भन्दा सहज असहज अवस्थामा भेटिने नेता नै आफ्ना वास्तविक प्रतिनिधि रहेका स्थानियको भनाई थियो । 

    बागमति नदिबाट पिडित जनतालाई डुबानबाट बचाउन कोरिडोर निर्माणमा खेलेको भुमिकाका कारण प्रदेश सांसद गणेश दुलाललाई स्थानियले मुक्तकण्ठले प्रशंसा गरेका छन् । 

    अघिल्लो निर्वाचनमा वडाको सेटै जितेको एमालेले आक्रामक चुनावी अभियान अगाडि बढाएको छ । आफुले जितेपछि जनताका पक्षमा देखिने र सुुनिने काम गरेकैले यस पटक पनि जनताले अत्यधिक मत दिएर विजय गराउने दावी नारायण भण्डारीले गरेका छन् ।

    वडामा 'वडा पिता' का नामले चर्चित भण्डारीलाई नै सम्भावित वडा अध्यक्षको उमेद्वारको रुपमा समेत अनुमान गर्न थालिएको छ । यता नेपाली कांग्रेसले पनि चुनावी अभियान अगाडी बढाएको जनाइएको छ ।  

    t4.jpgt3.jpgt1.jpg

     

    २०७८, चैत्र ११ शुक्रवार०८:०७:३८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार