भारतमा कोभिडका पाँच जना नयाँ सङ्क्रमित भेटिए

भारतमा कोभिडका पाँच जना नयाँ सङ्क्रमित भेटिए

२०७७, पौष १६ बिहिवार

  • 1.2K
    SHARES

  • भारतमा कोभिडका पाँच जना नयाँ सङ्क्रमित भेटिए

    पौष १६, काठमाडौँ । 

    भारतमा कोभिड १९ का नयाँ स्वरुपका सङ्क्रमितहरु भेटिएको बताइएको छ ।

    भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा हालैमात्र पाँच जना नयाँ सङ्क्रमित भेटिएको समाचारमा जनाइएको छ । 

    योसँगै भारतमा कोभिडका नयाँ सङ्क्रमितहरुको संख्या कम्तीमा पनि २५ जना पुगेको समाचारमा जनाइएको छ ।

    उनीहरुलाई स्वास्थ्य सुविधा रहेको आइसोलेसन वार्डमा राखिएको बताइएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी गराएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । 

    कोेभिड १९ को यो नयाँ स्वरुपको भाइरस सबैभन्दा पहिला बेलायतमा भेटिएको हो । बेलायतमा देखिएको यो नयाँ भाइरसपछि बेलायतमाथि विश्वका दर्जनौँ देशहरुले यात्रा प्रतिबन्ध लगाएका छन् । 

    भारत सरकारले पनि गत हप्तामात्र बेलायतबाट भारतमा र भारतबाट बेलायतमा हुने हवाई उड्ययनमा प्रतिबन्ध लगाएको बताएको थियो । 

    यसअघि र यो पछिल्लो पटक देखिएका यी सङ्क्रमितहरुका बारेमा भने भारतले केही सूचना दिएको छैन ।

    उनीहरुलाई सरकारले नै स्वास्थ्यकर्मीहरुको सहयोगमा आइसोलेसनमा राखेको बताइएको छ । - एजेन्सी

    २०७७, पौष १६ बिहिवार०५:३२:१७
    प्रतिक्रिया
    सम्बन्धित समाचार